सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बनेपामा निर्माण हुने ‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियोको प्रधानमन्त्रीले गरे शुभारम्भ

बनेपामा निर्माण हुने ‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियोको प्रधानमन्त्रीले गरे शुभारम्भ

३१ वैशाख , काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने  ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको मंगलबार बालुवाटारस्थित प्ररधानमन्त्री निवासमा समुद्घाटन गरेका छन् । स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कन लगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास गरिएको छ । स्टुडियो निर्माणका लागि झन्डै रु ३७ करोड लागत अनुमान गरिएको छ ।

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले  देशको ढुकुटी रित्तो रहेको बताए। यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको उल्लेख गर्दै अहिले पैसा नहुँदा ‘यो काम गर्छु’ भन्न पनि डराउनुपर्ने अवस्था आएको बताएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताए । “चलचित्र क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ । यसले नेपाली चलचित्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु-याउनेमा विश्वस्त छौँ”, अध्यक्ष डिसीले भने ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend