बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित

फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित

२७ वैशाख,काठमाडौँ । काठमाडौँमा सम्पन्न स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्वाचनमा उमेश कुश्वार अध्यक्ष पदमा विजयी भएका छन । गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण ढकाललाई १३६ मतसहित पराजित गरे भने ढकालले ७८ मत प्राप्त गरे। फेकनको नयाँ नेतृत्वका लागि दुई उपाध्यक्ष पदमा पाँच जना, दुई सचिव पदमा तीन जना र सात सदस्य पदमा बाह्र जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

महासचिव, कोषाध्यक्ष र सह(कोषाध्यक्ष पदमा भने यसअघि नै निर्विरोध चयन भइसकेको थियो। निर्वाचनपछिको आधिकारिक परिणाम अनुसार उमेश कुश्वार अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा छविन्द्र ओझा र बालकृष्ण बिस्ट ‘गगन’ चयन भएका छन्। महासचिवमा दिपेन्द्र पोखरेल, सचिवमा रामचन्द्र केसी र राजकुमार ढकाल निर्वाचित भएका छन्।

कोषाध्यक्षमा गौतम पुडासैनी र सह(कोषाध्यक्षमा मञ्जु लामिछाने निर्विरोध चयन भएका छन्। सदस्यहरूमा मन्दिरा सिटौला, निराजन रोका क्षेत्री, धिरज रायमाझी, रिजन मडै, योगेन्द्र चौहान, निराजन शिवाकोटी र वैकुण्ठ उप्रेती समावेश भएका छन्। यो कार्यसमितिले नेपाली शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नीतिगत पहल तथा सुधारको अपेक्षा गरिएको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend