बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त

‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त

२६ वैशाख , काठमाडौं । शैक्षिक संस्था ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा नेपाली फिल्मका चर्चित अभिनेता प्रदीप खड्कालाई अनुबन्ध गरिएको छ। टीसीएल ग्लोबलले शुक्रबार आयोजना गरेको समारोहमा प्रदीपलाई आगामी दुई वर्षको लागि सो शैक्षिक परामर्शदातृ संस्थाको ब्रान्ड प्रतिनिधिको रूपमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

समारोहमा टीसीएल ग्लोबलका अध्यक्ष गजेन्द्र कुमार कार्की र कलाकार प्रदीप खड्काबीच सम्झौता-पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेता खड्काले अहिलेको ग्लोबल भिलेजको समयमा नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जानुलाई उचित रूपमा लिनुपर्ने बताए।

” टीसीएल ग्लोबल जस्तो विश्वसनीय शैक्षिक संस्थासङ्ग जोडिन पाएकोमा खुशी छु। संस्थाले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रदान गर्ने उचित परामर्शको कारण नै म यसमा जोडिएको छु”, प्रदीपले भने। उनले आफुसमेत पहिले अस्ट्रेलियासहित ४,५ वटा देशमा अध्ययनको लागि प्रयास गरेर असफल भएको समेत उनले सुनाए ।

टीसीएल ग्लोबल संस्था मूलत: युकेमा स्थापना भएको परामर्श सेवा प्रदायक हो, जसले अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीहरूलाई शिक्षा सम्बन्धी मार्गदर्शन गर्दै आएको छ। नेपालमा यसको उपस्थिति सुदृढ बनाउँदै, यस संस्थाले विद्यार्थीकेन्द्रित दृष्टिकोणमा आधारित सेवा प्रणाली विकास गरिरहेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend