२६ वैशाख , काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा उनका आइटि विज्ञ रहेका प्रकाश रायमाझीको वैशाख २३ गते पेरिसडाँडामा जनवादी बिहे गरेका थिए । दाहालको उपस्थितिमा भएको साधारण विवाह पछि साँझ भने काठमाडौंकै लाकुरीभञ्ज्याङ्को महँगो टेरेस रिसोर्टमा शानदार पार्टी आयोजना गरियो, जहाँ बेलुकी शौचालय जानेक्रममा दाहाल भुइँमा लडेका खुलेको छ।
दाहालकी स्वकीय सचिवसमेत रहेकी उनकी छोरी गङ्गा दाहालले अध्यक्ष दाहाल घरमै लडेेर टाउकोमा सामान्य चोट लागेको जस्तो किसिमले सामाजिक संजालमा लेखेकी थिइन। पछि रिसोर्टको वैवाहिक पार्टीमा सहभागी भएपछि ऊनी लडेेका थाहा भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend