काठमाडौं । शंकर ग्रुप र अम्बे गु्रपको संयूक्त सहकार्यमा उत्पादित रिद्वि सिद्वि सिमेन्टको औपचारिक रुपमा सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्तमको आयोजना गर्दै रिद्वि सिद्वि सिमेन्ट बजारमा आएको जानकारी गराईयो । कार्यक्तममा दुई समूहका अध्यक्ष शंकरलाल अग्रवाल र शोभाकर (न्यौपाने)ले सिमेन्टको बारेमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोल्दै रिद्वि सिद्वि सिमेन्टका निर्देशक आनन्द नेपालले समेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रबिधिहरुका बारेमा जानकारी दिए । उनले यो सिमेन्ट संसारकै सर्वेत्कृष्ट यूरोपेली प्रबिधियूक्त प्रक्रियाद्वारा उत्पादित सिमेन्ट रहेको दावी गरे ।
सिमेन्टका निर्देशक नेपालले देशमा सर्वोत्कृष्ट प्रबिधियूक्त उत्पादन प्लान्टमार्फत उच्चस्तरको सिमेन्ट उत्पादन गर्दै नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड गर्ने लक्ष्य बोकेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend