सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले नयाँ चरणको आन्दोलन घोषणा गर्ने

‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले नयाँ चरणको आन्दोलन घोषणा गर्ने

२४ वैशाख , काठमाडौं । ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिको आयोजनामा बिहीबार १ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको हो । कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको समितिले जनाएको छ ।

सो घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुने जनाइएको छ । यस्तै, नेपाली काङ्ग्रेस (बीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन्  ।

( – फाइल फोटो )

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend