सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारलाई जबाफदेही हुन सभामुख घिमिरेको रुलिङ

सरकारलाई जबाफदेही हुन सभामुख घिमिरेको रुलिङ

२३ वैशाख ,काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले संसदमा  उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सरकार सांसदहरूका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शून्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरू सभामा उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभई संसद् अघि बढ्न नसक्ने र सरकारलाई जबाफदेही हुन रुलिङ गरे । तर संसदमा  नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

संघीय संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ । राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।

राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । तर, यो विषय अन्तिममा हेरफेर समेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend