सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकास प्राथमिकतामा राखिएको छ: उपप्रधानमन्त्री सिंह

सरकारको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकास प्राथमिकतामा राखिएको छ: उपप्रधानमन्त्री सिंह

२३ वैशाख, काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्य र कम्पनीका अध्यक्ष संदीप कुमार मिश्रको सभापतित्वमा आइतबार ( २२ वैशाख ) उक्त  साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै  उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्ती विकास गर्दा नागरिकहरुको लागि आयआर्जनको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्  । ‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए ।उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्त्व दिएको पनि बताए ।

सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।

‘जनताको अपेक्षा धेरै छ । कम्पनमिा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने।

यसैबीच, सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ ।

कम्पनीको गत वर्ष  सम्पन्न १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रु २६ लाख ८६ हजार खुद नाफा गरेको थियो भने आव २०७६/७७ मा रु दुई करोड ६५ लाख नोक्सान व्यहोरेको थियो ।

त्यस्तै आव २०७७/७८ मा रु ३० लाख ४५ हजार खुद नाफा कमाएको कम्पनीले आव २०७८/७९ मा रु चार करोड ३१ लाख नोक्सान व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले आव २०७९/८० मा रु ८४ लाख आठ हजार नोक्सान व्यहोरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend