बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण

बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण

२१ वैशाख , काठमाडौं । लेखक, कवि तथा प्राध्यापक बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण गरिएको छ। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको प्रमुख आतिथ्यमा आइतबार काठमाडौंमा नेपाली लेखक संघको आयोजनामा भएको विशेष समारोहमा सो खण्डकाव्य सार्वजनिक गरिएको हो। सर्जक बसन्तश्रीको यो १२औं कृति हो।

लोकार्पण समारोहमा लेखक बसन्तश्रीले समाज र जीवनको चित्रण गरिएको यस् भोट कृति  राजनीतिक खण्डकाव्य भएको उल्लेख गरे। उनले भने: ‘ लेख्नु र विचार राख्नुको अर्थ समाजलाई सकारात्मक परिवर्तन तिर लैजानु हो। अहिले विचार र सिद्धान्तको राजनीति नभएर भोटको राजनीति हुने गरेकोमा यसबाट देशको अवस्था राम्रो हुन्छ त? भोट कसरी प्रयोग गर्ने हामी सार्वभौम नागरिकको हातमा छ!’

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यो काव्य राजनीतिक डायरी जस्तो लागेको बताए । उनले हुम्ला जिल्लामा राजनीतिमा पुस्तान्तरण भएको छ बताउँदै भुपेन्द्र जंग शाही जस्तो कर्णालीको आइकन अगाडि आउन सकेकोमा यो सकारात्मक आशा हुम्लाको राजनीतिले देशलाई दिएको बताए । उनले सामाजिक संजालबाट नकारात्मक कुरा फैलाउनुको साटो सृजनात्मक काममा लाग्न युवा पुस्तालाई आग्रह समेत गरें।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend