आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

२१ बैशाख, काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । काठमाडौंको हायात होटलमा बैशाख २० गते जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।

निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताउनु भयो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् ।
नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छः

अध्यक्ष महेशकुमार श्रेष्ठ

उपाध्यक्ष ६ जना

सुनिल कुमार साह

बुद्धि सागर सुवेदी

खगेन्द्र न्यौपाने

लोकप्रसाद दाहाल

मनोज कुमार श्रेष्ठ ९गोर्खाली०

विश्वास दीप लिम्बु ९तिगेला०

उपाध्यक्ष –महिला० जुनु गुरुङ

महासचिव बाबुराम ९बीआर० लामा

सचिव ३

चिन्तामणि सापकोटा

टङ्कप्रसाद गैरे

तिलक प्रसाद गैरे

कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना

सचिव –महिला० देवकी खत्री गुरुङ

सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल

महिला संयोजक रश्मि थापा

युवा संयोजक भीमसेन थापा

एसिया प्रशान्त क्षेत्रीय संयोजक डा बलराम श्रेष्ठ

युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ

उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली

ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद

क्षेत्रीय उप संयोजकहरू

एसिया प्रशान्त क्षेत्रीय उप संयोजक २

माधव पोखरेल र मीमबहादुर पुर्जा

मध्यपूर्व क्षेत्रीय उप संयोजक २

सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक २

विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उप संयोजक २

राम प्रसाद कँडेल र प्रताप राना ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend