२१ वैशाख, काठमाडौं । शिक्षक आन्दोलनका कारण प्रभावित भएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।
परीक्षा बिहान ८ः०० बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म जारी रहनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend