२० वैशाख , काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनमा सीताराम दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। यही वैशाख १८ र १९ गते ललितपुरको जावलाखेलमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो।
सीताराम दाहाल एशोसिएसनमा तेस्रो कार्यकालका लागि अत्यधिक बहुमतसहित निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनाबाट दाहाल अध्यक्ष पदमा ४९९ मतको फराकिलो अन्तरले विजयी बनेका छन् । उनले ५७४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बिमल बहादुर कार्कीले जम्मा ७५ मत प्राप्त गरे ।
त्यस्तै , एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पोखरेल २६९ मतसहित निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरु सूर्यबहादुर थापाले १९९ र गुरुदेव यादवले १७४ मत प्राप्त गरे । पोख्रेल यसअघि पनि वरिष्ठ उपाध्यक्ष थिए ।

एशोसिएसनमा प्रत्येक प्रदेशबाट एक- एक जना निर्वाचित हुने केन्द्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट सरोज घिमिरे, मधेश प्रदेशबाट उत्तम चौधरी थारु, बागमती प्रदेशबाट आत्माराम मुक्तान, गण्डकी प्रदेशबाट सरोज देवकोटा, लुम्बिनी प्रदेशबाट अर्जुनबहादुर क्षेत्री, कर्णाली प्रदेशबाट तीर्थराज गिरी र सुदूरपश्चिम प्रदेशबाट खेमराज पनेरु निर्विरोध निर्वाचित भएका छन् ।
एशोसिएसनको केन्द्रीय महासचिव पदमा हरिप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।
एशोसिएसनको दुईजना सचिव पदमा काजु शिवाकोटी ३४३ मत र शेष कुमार कार्की ३०२ मतसहित विजयी बनेका छन् । शिवाकोटी डिल्लीबजार इकाईका निवर्तमान अध्यक्ष र कार्की चाबहिल इकाईका वर्तमान अध्यक्ष हुन् । सचिव पदका प्रतिस्पर्धीहरु रमेश प्रसाद पोखरेलले २७२ र हरिप्रसाद पोखरेलले २५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै , कोषाध्यक्ष पदमा बासुदेव मिश्र निर्विरोध निर्वाचित बनेका छन् भने सहकोषाध्यक्षमा रञ्जना गौतम दाहाल ३५७ मतसहित विजयी बनिन् । सहकोषाध्यक्ष पदका पराजित उम्मेदवार आनन्द अधिकारीले २८५ मत प्राप्त गरे ।
एशोसिएसनको विधानअनुसार ११ जना खुल्ला सदस्यमा रोमप्रसाद हुमागाई २६८ मत, श्रीधरप्रसाद कायस्थ ३६४ मत, वेदप्रसाद ढकाल २७८ मत, छविलाल अधिकारी ३८१ मत, गोपाल दवाडी ३२९ मत, खिलप्रसाद गौतम ३३० मत, बाबुराम शर्मा २९६ मत, प्रेमानाथ योगी २८८ मत, मिनराज दाहाल (मुरारी) २५८ मत, जयनारायण देव २६२ मत, राधादेवी खकुराल पाठक ३२४ मतसहित निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा मिनबहादुर दुलाल (२५५), केशवप्रसाद अर्याल (२४९), पशुपति घिमिरे (२४८), राजकुमार थापा (२३०), हरिविलास अधिकारी (२००), सुशील कुमार निरौला (२१८), दिनेश्वर यादव (२२६), वीरेन्द्रप्रसाद यादव (२३०), श्रीनारायण ठाकुर (१८६), गोमलाल खनाल (१८०), राजेन्द्रलाल कर्ण (२४७), जादोलाल साह कानू (२०४) र विनोदकुमार प्रसाद (१८९) उम्मेदवार थिए ।
त्यस्तै, प्रत्येक प्रदेशबाट एक एक जना निर्वाचित हुने केन्द्रीय सदस्य पदमा कोशीबाट महेन्द्र भट्टराई, मधेशबाट अनिलकुमार कर्ण, वागमतीबाट गुरुप्रसाद सुवेदी, गण्डकीबाट मनबहादुर भुजेल, लुम्बिनीबाट चुर्णबहादुर वली, कर्णालीबाट भूपेन्द्र ओली, सुदूरपश्चिमबाट टिकाराम जोशी निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौँ उपत्यकाबाट एक जना निर्वाचित हुने सदस्यमा खोमप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
प्रत्येक प्रदेशबाट एकजना निर्वाचित हुने प्रदेश संयोजक पदमा कोशीबाट ज्ञानेन्द्र तिम्सिना ८२ मतसहित निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी लोकनाथ भट्टराई बुईपालीले २८ मत प्राप्त गरे ।
त्यस्तै , मधेश प्रदेशबाट रितलाल महतो निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, वागमती प्रदेशबाट दिपकप्रसाद अधिकारी १२४ मतसहित विजयी बन्दा हरिप्रसाद आचार्य ६३ मतसहित पराजित भए ।
गण्डकी प्रदेशबाट खडानन्द लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
लुम्बिनीबाट हरिलाल पौडेल, कर्णालीबाट नरेन्द्रकुमार वली र सुदूरपश्चिमबाट गोपीलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी , काठमाडौँ उपत्यका संयोजकमा हस्तबहादुर घिमिरे (भुपाल) ५५ मतसहित निर्वाचित भए भने जयराम प्रसाद लुईटेल ४८ मतसहित पराजित बने ।
नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन २०५२ सालमा स्थापना भए पश्चात् प्रत्येक ४ वर्षमा महाधिवेशन हुने गरेको छ । एशोसिएसनले न्यायिक तथा अर्धन्यायिक निकायमा हुने सेवाप्रवाहमा सहजिकरण गर्ने लेखापढी व्यवसायीहरुको हकहितको लागि काम गर्दै आएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend