१५ वैशाख, काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन आज संसदमा पेस गरिँदैछ । प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यससँगै , आज सोमबारकै बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकको आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले धारणा पनि राख्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend