सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अंगीकृतका सन्तानलाई नागरिकता दिने निर्णयप्रति नेता रावलको आपत्ति

अंगीकृतका सन्तानलाई नागरिकता दिने निर्णयप्रति नेता रावलको आपत्ति

काठमाडौं । सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले अंगीकृतका सन्तानलाई नागरिकता दिने  गृहमन्त्रालयले निर्णयप्रति आपत्ति जनाएका छन् । नेता रावलले पछिल्लो नागरिकताबारेको निर्णयसँग जोडेर सरकारको संसदप्रतिको सम्मानमाथि नै प्रश्न उठाएका छन् ।

सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसको उपेक्षा गरी संसदमा विचाराधीन नागरिकताबारे निर्णय लिइएको पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलको आरोप छ ।

यसअघि अन्तरिम संविधान २०६३ नआउँदै हतारमा नागरिकता ऐन ल्याइएको स्मरण गराउ“दै उनले सरकारको पछिल्लो कदम त्यसकै पुनरावृत्ति भएको आशंका गरेका छन् ।

गत साउनदेखि संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई नागरिकता दिन देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend