८ वैशाख, काठमाडौं । सोमबार फेरि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend