८ वैशाख, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईको कृत नवीनतम् निबन्धसङ्ग्रह शब्द सायारेम’ प्रज्ञा डबलीमा लोकार्पण भएको छ ।
प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला ,समाजशास्त्री डा डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गर्नुभएको थियोे।ुशब्द सायारेमु उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्धसङ्ग्रह हो।
कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताउनु भयो । उहाँले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो ।तैपनि सामाजिक ,सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको बताउनु भयो ।
शब्द सायारेमझबाट निबन्धकारको परिचय बनाउनु भएका कुलपति राईलाई विश्लेषक खगेन्द्र सङ्ग्रौलाले ‘तानाशाहलाई प्रश्न गर्ने बहुला’ को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्व सभ्यताको खोजी र नयाँ विकासको आधारस्तम्भ खडा गर्न सफल रहेको बताउनुभएको थियोे ।सङ्ग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन् ।ती सबै निर्भय र साहसिक लेखन भएको बताउनु भयो ।
अध्यक्ष डा गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ होरु’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताउनु भएको थियोे ।उहाँले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताउनु भएको थियो ।
समाजशास्त्री डा। डम्बर चेम्जोङले कृतिको साजसज्जा बारे प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पार्नुभएको थियोे । उहाँले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति ,जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताउनु भएको थियोे ।
इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ होरु’ निबन्धमा नेपाली समाजको सिङ्गो चित्रण भएको बताउनु भएको थियोे । उहाँले कुलपति राईको स्वभाव र निबन्धलेखन शैलीलाई किरातीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताउनुभएको थियोे ।
साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्धसङ्ग्रह भएको बताउनुभएको थियोे । उहाँले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताउनु भएको थियोे ।
बुकहिलका सञ्चालक तथा प्रकाशक भूपेन्द्र खड्काले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend