सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन

पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन

काठमाडौं । नेपालमा पहिलोपटक पाइलट सम्मेलन सम्पन्न भएको छ । हालै स्थापना गरिएको नेपाली पाइलटहरूको संगठन “पाइलट एसोसिएसन अफ नेपाल” ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको  प्रमुख आतिथ्यमा ‘स्काइवेल पाइलट समिट–२०२५’ को शनिबार (६ वैशाख)  राजधानीको होटल मल्लमा सम्पन्न गरेको  हो ।

सो सम्मेलनमा पाइलट एसोसिएसनका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले एसोसिएसनले भविष्यमा पाइलटहरूको अधिकार, तालिम, कार्यस्थल सुरक्षा र राष्ट्रिय उड्डयन नीति निर्माणमा समेत सक्रिय रूपमा भूमिका खेल्ने जानकारी दिए। उनले स्काइवेलले सुरुदेखि देखाएको साथ र भरोसा उल्लेखनीय रहेको बताउँदै यात्रु सुरक्षामा केन्द्रित दुवै संस्थाबीचको सहकार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरे ।

समिटमा एसोसिएसनले सन् २०२५ भरि सञ्चालन गर्ने हवाई सुरक्षा, जनचेतना तथा व्यावसायिकता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गर्ने जनाइएको छ ।

नेपाली पाइलटहरूको व्यावसायिकता र क्षमता अभिवृद्धि गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पेसागत बनाउने उद्देश्यले समिट आयोजना भएको थियो । सोही अवसरमा पाइलट एसोसिएसन अफ नेपालको पनि औपचारिक सुरुवात गरिएको छ ।

समिटको टाइटल स्पोन्सरका रूपमा स्काइवेल नेपाल रहेको थियो । स्काइवेल चीनमा उत्पादन हुने फाइभ–स्टार सेफ्टी रेटिङ प्राप्त इलेक्ट्रिक एसयूभी हो जुन हाल ६५ देशमा निर्यात हुँदै आएको छ ।

यसअघि टाइटल स्पोन्सरसिप सम्बन्धी सम्झौता कार्यक्रममा जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले पाइलट जस्तो संवेदनशील पेसासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यात्रु सुरक्षामा उच्च मापदण्ड अपनाउने स्काइवेल र पाइलट दुवैको साझा उद्देश्यले सहकार्य सम्भव भएको बताएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend