बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा

गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा

७ वैशाख, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई सिंहदरवारबाट नै  प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरवार संसदीय दलको कार्यालाय मै प्रहरीले घेराबन्दी गरेपछि त्यही शान्तिपूर्ण विरोध गर्ने क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका केही नेता पक्राउ परेका हुन्  ।

प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन्।उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

पार्टीका तीन नेता पक्राउ परेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्ने बताएकामकारबाहीमा छन्  । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

राप्रपाका नेताहरु पक्राउ परेपछि राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारको रबैयाले संविधान प्रदत्त अधिकार कुण्ठित भएको समेत बताए ।

राप्रपाले आज काठमाडौंको नयाँ बानेश्वर केन्द्रित बिरोध प्रदर्शन गरिरहेको अवस्थामा पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपाका अन्य नेता, कार्यकर्ताहरूले भने नयाँ बानेश्वर नजिक  प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend