काभ्रे । ६२ औं सहकारी दिवसको अवसरमा मण्डनदेउपुर सहकारी समन्वय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्तम सम्पन्न भएको छ । कार्यक्रममा मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाले सहकारीमार्फत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण, कृषि तथा पशुपालनको क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।
उनले नगरभित्रका सबै सहकारीलाई समन्वय गर्न र नियमन गर्न सहकारी नगर समन्वय समिति गठन गरिएको जानकारी दिए । कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक पौडेलले सहयोग नपाउ“दा साम्ुदायिक विमा सहकारीहरु समस्या रहेको बताए । उनले प्रदेश सरकारले दिने अनुदानका कार्यक्रम नगरसम्म आउन नसकेको बताए ।
जिल्ला सहकारी संघ काभ्रेमा सचिव दिलिप शर्माले सहकारीहरु मर्जरमा जानुपर्ने बताए । उनले नगरपालिकाले योजना छनौटमा सहकारीहरुलाई समेत समेट्नुपर्ने बताए ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारी, वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, नारायण लम्साल, नगर सल्लाहकार गोकुल गौतम,सहकारीकर्मीहरु बिदुर सापकोटा,शेरबहादुर डोटेल,राजन पराजुली,समितिका रामचन्द्र श्रेष्ठ,अम्बीका ठकुरी लगायतले सहकारीकोे भूमिकाको बारेमा आफनो धारणा राखेका थिए ।
कार्यक्रम मण्डनदेउपुर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend