बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका विजयप्रसाद मिश्र विजयी

बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका विजयप्रसाद मिश्र विजयी

२८ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्चाचित भएका छन् । यही चैत २३ गते भएको बारको निर्वाचनको आज मतगणना सम्पन्न हुँदा नयाँ नेतृत्वमा सत्ता गठबन्धनका कांग्रेस-एमाले समर्थित विजयप्रसाद मिश्रको प्यानल नै निर्वाचित भएको छ ।

 

अध्यक्षमा विजयप्रसाद मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट प्रतिस्पर्धा गरेका माओवादीनिकट कानून व्यवसायी समूहका रमण श्रेष्ठ २६२१ मतमा रोकिए । दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।

यसैबीच ,नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताएका । वास्तविक रूपमा स्वतन्त्र न्यायपालिका  स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनको प्रतिवद्धता छ । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको योजना सुनाए । संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्‍याउने पनि मिश्रले बताए ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend