सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची

इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची

काठमाडौं ।  विश्वका सर्वाधिक  धनी व्यक्तिको रूपमा यस वर्ष पनि  इलन मस्क रहेका छन्। फोर्ब्सले हालै सार्वजनिक गरेको दुई हजार नौ सय ३३ जना धनीको सूचीमा स्पेस  एक्स कम्पनी तथा टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क पहिलो स्थानमा छन्।

७ मार्च २०२५ सम्ममा रकेट निर्माता कम्पनी स्पेस एक्स, एक्स (ट्विटर)का समेत मालिक मस्कको सम्पत्ति तीन सय ४२ अर्ब डलर पुगेको छ।

फोर्ब्सले सन् १९८७ देखि नै यस्तो सूची तयार पार्दै आइरहेको छ। स्टक बजारमा सम्बन्धी व्यक्तिहरूको कम्पनीको मूल्य, विनिमय दर लगायतको आधारमा यस्तो सूची तयार पार्दै आएको छ। फोर्ब्सले हरेक दिनको रियल टाइम तथ्यांक समेत तयार गर्छ। यस आधारमा पनि मस्क तीन सय ६२ अर्ब डलर सहित पहिलो स्थानमा छन्।

त्यस्तै , ७ मार्चसम्मको आधारमा दोस्रो स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन्। उनीसँग २ सय १६ अर्ब डलर बराबरको सम्पत्ति छ।

तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोज छन्। उनीसँग दुई सय १५ अर्ब डलर बराबर सम्पत्ति छ। भारतबाट सबैभन्दा धनीको सूचीमा अग्रस्थानमा मुकेश अम्बानी छन्। उनी यो सूचीको १८ औं स्थानमा छन्। रिलायन्स इण्डष्ट्रीजका मालिक अम्बानीलाई भारतबाट भने गौतम अदानीले पछ्याइरहेका छन्। ५६ अर्ब डलर सम्पत्ति सहित अदानी यो सूचीको २८ औं स्थानमा छन्।

चिनियाँहरूमध्ये यो सूचीको माथिल्लो श्रेणीमा जाङ यिमिङ परेका छन्। टिकटक जस्ता एप निर्माता बाइटडान्स कम्पनीका मालिक यिमिङको सम्पत्ति ६५ अर्ब डलर छ। उनी विश्व धनाढ्यहरूको यो सूचीको २३ औं स्थानमा छन्।

त्यस्तै ,  नेपालबाट  एक मात्र  व्यवसायी विनोद चौधरी यो सूचीको एक हजार सात सय ६३ औं स्थानमा छन्। उनको सम्पत्ति दुई अर्ब डलर बराबर रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend