सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

२६ चैत्र, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै ७० प्रतिशत घरधुरीमा वैदेशिक रोजगारलाई सम्मानित पेसाका रूपमा विकास गर्न आग्रह गर्नु भएको छ । मन्त्री भण्डारीले सोमबार सिफलस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले सो अबसरमा सरकारले सहजीकरण गर्न ऐन संशोधनका लागि काम गरिरहेको समेत जानकारी दिनु भयो ।

मन्त्री भण्डारीले अहिले पीडितका नाममा दबाब दिने प्रयास भए पनि ठगी गर्ने व्यक्ति वा शैक्षिक कन्सल्टेन्सीमाथिको कारबाही मन्त्रालयका क्षेत्रमा नरहेकाले अन्यत्र उपचार खोज्न आग्रह गरेकोे समेत बताउनु भयो । मागपत्र प्रमाणीकरणलगायतका समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयको आवश्यकता महसुस गरी छलफल गरिरहेको पनि जानकारी दिनु भयो ।

राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन संघले सबै व्यवसायी र शुभेच्छुकलगायतबाट सहयोग जुटाएर ४ करोड ५३ लाख १४ हजार रुपैयाँमा खरिद गरेको हो ।

संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भई भवन राजीनामा पास गरी लिन ४ करोड ५३ लाख १४ हजार खर्च हुँदा ४३ लाख १४ हजार सापटी लिएको बताउनु भयो ।

वैदेशिक रोजगारमा गएका नेपाली ६८ लाख पुगेको अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयो । उनीहरूले आर्जन गरेकोे रकमले देशको पुँजी वृद्वि भएको र यसलाई व्यवस्थित गर्न सबै पक्ष लाग्नु पर्ने भण्डारीको भनाई थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend