सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यूपिभिसी व्यवसायी संघ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

यूपिभिसी व्यवसायी संघ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

२२ चैत, काठमाडौं । यूपिभिसी व्यवसायी संघ ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। शुक्रबार ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कट्वालको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न संघको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी दुई वर्षको कार्यकालको लागि पुनः रेग्मीको नेतृत्वमा कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न भएको हो।

नवनिर्वाचित अध्यक्ष रेग्मीले विश्वास गरेर पुनः जिम्मेवारी दिएकोमा सबैप्रती कृतज्ञता प्रकट गरे। उनले आगामी बजेटको तयारी भइरहेको अवस्थामा युपिभिसी व्यवसायीको हितमा लबिङ गर्ने अभियानमा लाग्ने र सधैं व्यवसायीहरूको हितमा लाग्ने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरुलाई दर्ता गरेर करको दायरामा आउन पनि आग्रह पनि गरे।

कार्यक्रममा नेपालभरिका यूपिभिसी व्यवसायीहरु यू पि भि सी प्रोफाइल उत्पादन कर्ता , यू पि भि सी प्रोफाइल आयात कर्ता , यू पि भि सी हार्डवयेर आयात कर्ता ,सिसा आयातकर्ता र अन्य यू पि भि सी संग सम्बन्धित व्यवसायीहरुको लागि अन्तशुल्क लगायत कर सम्बन्धि सचेतना कक्षा समेत संचालन गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend