सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित

चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित

२१ चैत, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। । कम्पनीका अध्यक्ष दीपक राईको सभापतित्वमा बुधबार ( २० चैत ) काठमाडौंमा सम्पन्न भएको साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यससँगै समीक्षा आर्थिक वर्षको वासलात, लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएका छन् ।

साधारणसभाले संस्थापक शेयरधनी समुहको प्रतिनिधित्व गर्ने पाँच जना संचालकहरुको निर्वाचन सम्पन्न गरेको छ। सर्वसम्मत चयन हुने संचालकहरुमा दीपक राई , गणेशमान सिंङ कार्की , केदार कार्की , विश्व श्रेष्ठ र आङ दोर्जी लामा रहेका छन् ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत १२ गते शेयरधनी दर्ता किताब बन्द ( बूक क्लोज ) गरेको थियो। त्यसै अनुरुप चैत ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका हुन।

यस कम्पनीले कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना सम्पन्न गरि २०८१ जेठ १४ गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो। कम्पनीको अधिकृत , जारी तथा चुक्ता पूँजी रु. ४० करोड रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend