सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायी संघमा भुवन सिंह गुरुङको प्यानल सहित उम्मेदवारी घोषणा

वैदेशिक रोजगार व्यवसायी संघमा भुवन सिंह गुरुङको प्यानल सहित उम्मेदवारी घोषणा

१७ चैत, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही चैत २९ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा संघको आगामी दुई वर्षको कार्यकालको लागि आफ्नो प्रतिबद्धतासहित गुरुङको नेतृत्वको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी घोषणासभामा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ , सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा , पूर्वमन्त्री सीता गुरुङ , नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाट , संघका पूर्व अध्यक्ष हंसराज वाग्ले, अग्रणी वैदेशिक रोजगार व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङले आफू वैदेशिक रोजगार व्यवसायीको हितमा सधैं लागिपरेको बताउँदै आगामी दुई वर्ष नेतृत्वमा रहेर प्रभावकारी रूपमा काम गर्न चाहेको बताए । संघको नेतृत्वमा रहेर व्यवसायीको हितमा राज्य र वैदेशिक रोजगार विभागसंग समन्वय गर्ने उनले प्रतिबद्धता जनाए।

त्यस्तै , महासचिवका उम्मेदवार महासचिव महेश कुमार बस्नेतले वैदेशिक रोजगारीको क्षेत्रलाई सुदृढीकरण र शुद्धीकरण गर्दै सबैको मतको खेर जान नदिने प्रतिबद्धता सहित अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङको प्यानललाई जिताउन आग्रह गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend