सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आठौं राष्ट्रिय खेलकुद सफल बनाउन सदस्य सचिव विष्ट छलफलमा व्यस्त

आठौं राष्ट्रिय खेलकुद सफल बनाउन सदस्य सचिव विष्ट छलफलमा व्यस्त

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतस“गको  छलफललाई तीब्र पारिएको छ  ।

५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा समापन विभिन्न निकाय गर्ने मिति तय भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विभिन्न निकाय स“गको छलफललाई तीव्र पारेका हुन् ।

प्रतियोगिता हुने स्थलको निरीक्षण गरि आवश्यक पूर्वाधारको ब्यवस्था गर्न आवश्यक निर्देशन दि“दै आएका छन् । उनले खजुरा क्षेत्रमा आयोजना हुने प्रतियोगिता स्थलको सोमवार निरीक्षण गर्नुका साथै खजुरा गाउ“पालिकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
सो अवसरमा उनले खजुरा गाउँपालिकामा हुने प्रतियोगिता र स्थानको जनप्रतिनिधिलाई जानकारी गराए ।

उनले आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधिले अफनत्व लिनुपर्ने बताए । छलफल कार्यक्रममा बोल्दै खजुरा गाउ“पालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले देशभरका खेलाडिलाई स्वागत गर्न गाउ“पालिका आत्तुर रहेको बताए । उनले खजुरामा हुने प्रतियोगितालाई सफल बनाउन जस्तोसुकै कदम उठाउन तयार रहेको बताए ।

मध्यश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नंं. ५ का अध्यक्ष भीम ओलीले खजुरा क्षेत्र खेलाडी जन्माउने ठाउँ भएको बताउँदै आठौँ प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेल्न आग्रह गरे । ‘खजुराको इज्जत जोगाउने मौका यहि हो,’ उनले भने । खजुरामा आठौँ राष्ट्रिय खेलकुदमा नेपाल र भारतको राष्ट्रिय खेल भलिवल, हक्की तथा बक्सिङ हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend