बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्वाचित

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्वाचित

१३ चैत , ललितपुर । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समितिको चयन भएको छ। एसोसिएसनको यही चैत १२ र १३ गते ललितपुरमा सम्पन्न १०औं महाधिवेशनबाट डा. थापाको नेतृत्वमा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन सम्पन्न भएको हो। महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समुद्घाटन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देउकाजी गुरुङ ( खुला ) , उपाध्यक्षमा सौम्या भट्ट ( महिला ) , महासचिवमा राजन थापा , उपमहासचिवमा ध्रुब भट्टराई , चार जना सचिवहरुमा प्रदीप नेपाल , बलराम पौडेल , हरि बराल स्वाभिमान आचार्य रहेका छन् । त्यससँगै , एसोसिएसनका लेखा आयोग , अनुशासन आयोग , निर्वाचन आयोग , अध्ययन तथा अनुसन्धान आयोगको पनि निर्वाचन सम्पन्न भएको छ।

निर्वाचित कार्यकारी समितिको आजै सपथग्रहण सम्पन्न भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend