सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त

१३ चैत , काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापालाई  नियुक्त गरेको छ ।  मंगलबार      ( १२ चैत ) को मन्त्रिस्तरीय निर्णयबाट थापा बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

यसअघि बोर्डका सदस्य रहेका थापा अध्यक्ष थापा स्नातकोत्तर हुन् । यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा बोर्डलाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसकेको भन्दै गत २८ भदौमा राजीनामा दिएका थिए ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ । बीमामा आधारित भएर सरकारले स्वास्थ्यमा सबैको पहुँच पुर्याएर नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ । स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ ।

बीमाको लागि प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend