बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मलेसियाको कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न विभागको पत्राचार

मलेसियाको कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न विभागको पत्राचार

काठमाण्डौ – लामो समय देखि रोजगारीको लागी बन्द भएको मलेशिया अन्तत ढिलै भए पनि खुल्ने भएको छ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने बताईएको छ ।

मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ ।

मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको हो । विभागले मलेसियसन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ ।

संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।तथ्याङ्कअनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् ।

कलिङ भिसा लागेकाले भोलिदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend