सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१७औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

१७औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

१० चैत, काठमाडौं ।  १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि गोर्खाली फिटनेसका उमेश राईले जितेका छन् । अघिल्लो वर्ष पनि उनले नै यो उपाधी हात पारेका थिए।

काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरेका छन् । उनी १६औं  संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे ।

धर्मश्रीमा दुई पटक उपाधी चुम्ने राई तेश्रो खेलाडी हुन् । यस अघि नरेश महर्जन र सानु गुरुङ्गले दुई पटक उपाधी जितेका थिए ।

नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश पाएका थिए ।

त्यस्तै,  महिला बडी बिल्डिङ  खुलातर्फको प्रतिस्पर्धामा प्रथम स्थान भक्तपुर डिस्पिराडोकी तारा खाइजु भइन । त्यस्तै, दोस्रोमा कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे, तेस्रोमा उर्मिला श्रेष्ठ डिभाइन फिजिकल फिटनेस, चौथोमा सोफिला शाह कार्की प्लाटिनम फिटनेस, पाँचौमा शिला ठकुरी डिभाइन फिजिकल फिटनेस र छैठौंमा पाटन फिटनेसकी रिपु घर्ती बनिन ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह लगायत विशेष अतिथि कामपाका प्रवक्ता नवीन मानन्धर सहित विभिन्न वडाका अध्यक्षहरु, कलाकार, समाजसेवी, बिभिन्न क्षेत्रका हस्ती, चर्चित ब्यक्तित्व, खेलकर्मी लगायतले पनि पुरस्कार वितरण गरेका थिए । यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको हो । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend