सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा

कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ( नेपाल स्टक एक्सचेञ्ज –  नेप्से ) ले अन्तिम कारोबार मूल्य कायम गर्नेबारे नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । यही चैत ६ गते बिहीबारदेखि लागू हुनेगरि दोस्रो बजारमा शेयरको अन्तिम कारोबार मूल्य निर्धारण गर्न नयाँ नियम लागू गर्न लागिएको हो । यस अनुसार , अब नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ ।

नेप्से संचालक  समितिको मंगलबारको बैठकबाट यस्तो निर्णय पारित गरिएको हो । ‘नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई मिति २०८१ । १२ । ०७ देखि कार्यान्वयन गर्ने निर्णय भए अनुसार नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने’, बैठक पछि नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै , उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने समेत नेप्सेले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend