सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बुधबार सम्पन्न भएको छ। नेपाल बैंकका संचालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको सभापतित्वमा  नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा सम्पन्न भएको उक्त सभाले समीक्षा  आर्थिक वर्ष २०८०/८१ को संचालक  समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गरेको छ।

यसका साथै बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा  वृद्धि गरी ११,२८,२८,२०,२०० (एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित गरिएको हो ।

त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालू आर्थिक वर्षको लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत, पाटनको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend