सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

छालाको उपचारका लागि एण्टी फङग्ल ‘लुली’ मलम बजारमा

छालाको उपचारका लागि एण्टी फङग्ल ‘लुली’ मलम बजारमा

काठमाडौं । छालाजन्य रोग उपचार लक्षित आदि रेमिडिज प्रा.लिले असरयुक्त मलम बजारमा ल्याएको छ । कम्पनीले हालै एण्टी फङग्ल श्रेणीको नयाँ मोलिक्यूल लुली कोनाजोल बजारमा ल्याउन सफल भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि सल्हाकार समितिले चालु आर्थिक वर्षको सम्पन्न हिउँदे बैठकबाट यो नयाँ मोलिक्युलको उत्पादन र बिक्री वितरणलाई अनुमति दिइएको थियो ।

छालामा देखापर्ने दाद, चिलाउने एलर्जीजस्ता रोगको उपचारमा कम्पनीले यसअघि नै विभिन्न ५ प्रकारका मलम औषधि बजारमा ल्याइसकेको थियो ।लुली एण्टी फङग्ल अन्तर्गत पर्ने यो छैटौँ उत्पादन हो । यही प्रकृतिको मोलिक्युल भित्र्याउने आदिरेमिडिज नेपालमा पछिल्लो पटक सफल भएको छ ।

औषधि उत्पादन तर्फ आत्मनिर्भर बन्ने क्रमलाई पन्छ्याउँदै यस प्रकारको नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका निर्देशक सन्तोष बरालले बताए । हालसम्म यस्ता प्रकारका औषधि आयातमा निर्भर हुँदै आएको छ । आयातकर्ताहरु भ्याट अन्तर्गत दर्ता भई पैठारी हुने र सरकार भ्याट असुलीमा मात्र केन्द्रित रहने क्रम बन्द गरेर आत्मनिर्भर उन्मुख औषधिहरूमा आयात नियन्त्रण नीति अपनाउनु पर्नेमा जोड दिए ।

नेपाली बजारमा एण्टी फङग्ल औषघिको वार्षिक बजार कारोबार करिब दुई सय करोडको हुने गर्दछ ।जसको ७५ प्रतिशत बजार हिस्सा आयातित औषधिले ओगट्ने गर्दछ भने नेपाली ब्राण्डको बजार आकार मात्र २५ प्रतिशतमा सीमित छ ।नेपालका सञ्चालित औषधि उद्योगमध्य एण्टी फङग्लतर्फ आएका ब्राण्डको बजार प्रवेश सुरुवात चरणमा छ । जसको कुल वार्षिक कारोबार १६ करोड सम्म पुग्ने बजार विज्ञ बताउँछन् ।

नेपाली औषधिको लागत मूल्य वृद्धिमा अमेरिकी डलरको अनियन्त्रित सटही दर प्रमुख कारण मध्ये पर्दछ । तर कम्पनीले मूल्यलाई सामाजिक दायित्व अन्तर्रगत राखी लुली ३० ग्रामलाई चार सय पचास रुपैंयामा उपलब्ध गराएको छ ।

यहि प्रकृतिका आयातित मलम पाँस सय पचास भन्दा महँगो पर्न गर्दछ । यस मलम अत्यन्त उपयोगी र गुणवत्तायुक्त औषधि भएकोले सबैको मन जित्न सफल हुने कम्पनीको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend