बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

७ चैत , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी खस संघ, नेपाल केन्द्रीय समितिको बैठक आज बिहिवार बस्ने भएको छ ।

बालकुमारीमा दिउँसो १ बजे बोलाइएको बैठकमा संगठन विस्तार र आगामी कार्ययोजनाबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिएका छन् ।

जसपा नेपालले खस, आर्यलाई समेटेर समाजवादी खस संघ केन्द्रीय समिति गठन गरेको छ । संगठनको आगामी कार्ययोजना बैठकमा पार्टीका नेताहरु प्रकाश अधिकारी, दीपक कार्की, लिला सिटौला, पूर्ण बस्नेत लगायतको  उपस्थिती  रहने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend