६ चैत ,काठमाडौं । कथित स्ववियू चुनावको नाममा काङ्ग्रेस , एमाले , माओवादी , मधेसवादी जस्ता पार्टीहरूले क्याम्पसका विद्यार्थीलाई उक्साएर भिडाइरहेको रास्वपाका सांसद हरि ढकालले बताएका छन्। उनले आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै विद्यार्थीहरू टाउको फोराफोर गरिरहेको बताए।
सांसद ढकालले भने, ‘विद्यार्थीलाई लडाउँदै भिडाउँदै उक्साइरहेका छन्। युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिको लागि अब्बल बनाउँदैछन्।’ उनले स्ववियू निर्वाचनपछि ती विद्यार्थी संगठनले आफूले जितेको पार्टीको क्याम्पस प्रमुख नभए राजीनामा माग्दै अनेक हत्कण्डा अपनाएर फेरि क्याम्पस बन्द गर्ने गरेको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend