सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक

नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक

 

५ चैत्र, काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर आवाजमा नयाँ गीत “मैले बुनेका रहर” भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रम सन्सा फिल्मसका अध्यक्ष सुरज खनाल को अध्यक्षता, पूर्व प्रधानमन्त्री झलनाथ खनाल को प्रमुख आतिथ्यता तथा राष्ट्रिय जन सांस्कृतिक महासंघका अध्यक्ष प्रेम नाथ अधिकारी को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल विशेष अतिथिका रूपमा रहनु भएको थियो।

 

गीतमा सुवास कुमार लाम्साल को मार्मिक शब्द, राम कार्की को उत्कृष्ट संगीत र एरेन्ज रहेको छ भने गितारमा सबिर कार्की को उत्कृष्ट प्रस्तुति छ।

 

 

गीतको म्युजिक भिडियोमा भूवन के. पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल र मान्शी शर्मा ले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुरेश थापा ले गरेका हुन्। क्यामेरा तथा सम्पादनको जिम्मा प्रवेश पोखरेल ले सम्हालेका छन् भने कलर र पोस्टर डिजाइन सौखिन तिमल्सिना ले गरेका छन्।

 

यस गीतको पोस्ट-प्रोडक्सन शुभ श्री क्रिएसन ले गरेको हो भने प्रोडक्सन म्यानेजरको रूपमा सुलभ थापा रहेका छन्।गित सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतले श्रोताको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend