बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।
नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ को १३ औं श्रृखला मनाएको हो। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइने राष्ट्र बैंकले जनाएको छ । वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील निकायहरूलाई यस अभियानमा सहभागी हुन राष्ट्र बैंकले अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend