३चैत , काठमाडौं । भारत र नेपालका प्रसिद्ध धार्मिक व्यक्तित्व परमहंस कृष्णानन्द महाराज ( बाबा कालीदास ) ले आँफुले नेपाल राष्ट्रको स्वधर्म बचोस भन्ने चाहेको बताएका छन् । अहिले नेपाल भ्रमणमा रहेका स्वामि कृष्णानन्दले आइतबार तिलगंगास्थित होटेल आनन्दको सभाहलमा आयोजित विशेष पत्रकार सम्मेलन बोल्दै नेपालमा राजसंस्था पुनःस्थापना अपरिहार्य रहेकोमा पनि जोड दिए।
यस्ता छन् पत्रकार सम्मेलनमा बाबा कालीदास व्यक्त गरेका विचार :
“नेपालको मेरो यात्रा अति पवित्र धार्मिक यात्रा हो। मेरो जन्मस्थान जलजले, ओखलढुङ्गा हो। म हलेसी महादेव को दर्शन गर्न आएको हुँ।
नेपालमा हर तरिकाको संकट आइरहेका छन्। मुलुक रहने कि डुब्ने खतरा छ । गत फाल्गुन २५ गते श्री ५ ज्ञानेन्द्रको सवारीमा लाखौंको संख्यामा युवा युवती को उपस्थिती थियो। धर्मनिरपेक्षता बास्तबमा हाम्रो देशको अपमान हो। विगत १९-२० वर्षमा के उन्नती भयो ? हाम्रा युवा युवती विदेशिएका छन्। पंचायतकालमा प्रशस्त्र उद्योगधन्दाहरु थिए। अहिले जता गयो त्यहाँ संकट र अभाव मात्रै छ। यी नेताहरूले उद्योग र रोजगार दिन सकेन ।
राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाइ छोजेर जानु भयो । तर आज नेपालको परिस्थिती गम्भीर छ। पहाडी क्षेत्रमा कोही युवा छैन, मलामी जाने मान्छे छैन। नेपाली जनताले शान्ति सित जिउन पाउनु पर्छ।
नेताहरूले अपशब्द र गाली गरेका छन्। स्थितीलाई उत्तेजित बनाइरहेका छन् । यस्तो तरिकाले समस्या समाधान हुँदैन ।
नेपालमा धर्मनिरपेक्षता चाहिदैन, गाई काटन पाइदैन । यो पावन भुमि हो। हाम्रो धर्मलाई बचाउनु पर्छ। हलेसी महादेव, गोसाइकुंड, पशुपतिनाथको हाम्रो देश तपोभुमी हो।
नेपालको धर्म बचोस, म यही चाहन्छु।
वि.सं. २००७ सालमा स्वर्गिय राजा त्रिभुवन भारत जाँदा जवाहरलाल नेहरुले नेपाललाई सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। अहिले पनि यहि स्थिती छ। म हिन्दु धर्मको जर्गेना गर्न नेपाल आउने गर्दछु।
विदेशमा पनि राजालाई फर्काइएको छ। कम्बोडियामा राजालाई फर्काइयो । राजा भनेको हिन्दु सम्राट हो, आज हामी टुहुरो भएका छौं।
गुरु गोरक्षनाथ हाम्रो राजाहरुको कुलगुरु हुन् । योगी आदित्यनाथ राजाहरुको पनि गुरु हुन। भारतका प्रधानमंत्री नरेन्द्र मोदी ले भारतका सबै तिर्थस्थलहरू सजाउनु भएको छ। उहाँ पनि नेपालमा हिन्दुराष्ट्र को पक्षमा नै हुनुहुन्छ । आज हामी सबै हिन्दुराष्ट्र कै पक्षमा छौं।
नेपालमा राजा नेपाली जनताले नै ल्याउने हो। म आफू भविष्यवाणी गर्दिन तर शिघ्र भन्दा शिघ्र नेपालमा राजा आउने वातावरण वनिसक्यो। भारत र संसार भरिका मिडियाहरूमा राजाको चर्चा छ। हाम्रा राजा सत्यवादी हरिशचन्द्र र राजा राम जत्तिकै त्यागी हुनुहुन्छ। जनताको पिर मार्का हटाउन राजा आउन लाग्नु भएको हो। अभिभावक को रुपमा नेपालमा राजा चाहिन्छ ।
राजसंस्था ल्याउन भारतको सहयोग रहन्छ । भारतीय सरकार र जनता सबैको सहयोग रहन्छ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend