बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन

स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन

२५ फाल्गुन, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले नेपालमा राष्ट्रिय पद्दतिको योजना २०२८ मा ल्याएको र हालसम्म त्यही पद्दतिअनुसार चलिरहेको बताउनुभएको छ । समय परिस्थिति बद्लिँदो अवस्था रहेकोले सुधारको आवश्यक रहेकोले सदनमा बहस भइरहेको पनि प्रदेश प्रमुख खापुङले बताउनुभयो ।

विराटनगर १३, भेट्नरी चौक, मोरङस्थीत स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङज्यूले यस्तो बताउनुभएको हो ।

त्यसैगरी प्रदेश प्रमुख खापुङज्यूले विद्यालयहरूले सीपमुलक शिक्षाको अवधारणा ल्याई वेरोजगारलाई अन्त्य गर्नुपर्ने औंल्याउनुभएको थियो । कार्यक्रममा विशिष्ट समाजसेवीहरूलाई सम्मान र विविध सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष डा. उद्धवप्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend