सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

  • शुक्रबार, २३ फाल्गुन २०८१

२३ फागुन, काठमाण्डौ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिन यता लगातार बढीरहेको सुनको मूल्य आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend