बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

इन्जिनियरिङ कलेजमा अनियमितता भएको छानबिन समितिको निश्कर्ष

इन्जिनियरिङ कलेजमा अनियमितता भएको छानबिन समितिको निश्कर्ष

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा मोटो रकमको अनियमितता भएको थाहा भएको छ । भक्तपुरको चाँगुनारायणस्थित इन्जिनियरिङ कलेजमा अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको हो ।

समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा सञ्चालकहरूले आर्थिक अपचलन गरेको उल्लेख छ ।

संसदीय समितिको निर्देशनपछि सरकारले शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । यस कलेजमा भएको घोटला लुकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

घुस दिएको अभियोगमा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको दुई दिनपछि छानविन समितिले मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend