काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन ।
मन्त्री मगरले प्रेस विज्ञप्ति जारी गर्दै आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दाबी गरिन ।
उनले आयोजना आम नेपालीको प्रतिष्ठा र गौरवसँग जोडिएको भन्दै गलत मनसायका साथ गरिने प्रचारप्रतिको खेद प्रकट समेत गरिन । मन्त्री मगरले आफ्नै कार्यकालमा आयोजनाको कामले द्रुत गति लिएको र सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भएको बताउँदै केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले हात झिक्दा समस्या आएको स्पष्ट पारिन ।
ठेकेदार कम्पनीले हात झिक्नुको पछाडि मूख्य कारण सिएमसी कम्पनी नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend