१३ फागुन, काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पहिलो चरणमा पाँच जनालाई ‘सर्टलिस्ट’ गरिएको थियो । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । ओझा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण हुन् । प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend