सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी

१० फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिमले बाजी मारेको छ । ई सुभाष कोइराला नेतृत्वको सङ्गठनले बाजी मारेको हो । यस सङ्गठनले २०२ मत पाएको छ ।

गणेश प्रसाद भुसालको नेतृत्वमा रहेको नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी सङ्घ दोस्रो भएको छ । यो सङ्गठनले १९४ मत प्राप्त गरेको छ ।

त्यस्तै मीन प्रसाद खनालको नेतृत्वमा रहेको नेकपा एमाले निकट कर्मचारी सङ्गठन तेस्रो तथा ई अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको मधेस तराई कर्मचारी युनियन चौथो र ई रतन दासको नेतृत्वमा रहेको जनमत पार्टी निकट कर्मचारी एकता मञ्च पाँचौँ स्थानमा रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend