१० फागुन, काठमाडौं । गोरखा मेजर स्व बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ सार्वजनिक भएको छ । हिजो शुक्रवार काठमाडौको नयाँ बानेश्वर स्थित इन्द्रेणी स्विट्समा सो पुस्तक सार्वजनिक भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि किराया पुर्बध्यक्ष कुल बहादुर राई रहनु भएको थियो भने विशेष अतिथिहरुमा पुर्बमन्त्री हेमराज राई,राष्ट्रिय सभा सदस्य जयन्ती राइ,नेपाली सेनाका उपरथी नरेश चन्द्र भट्ट ,किराइ राई प्राज्ञ प्रतिष्ठानका कुलपती जय कुमार राई,फाउन्डेसनका सस्थापक अध्यक्ष वरिष्ठ फोटो पत्रकार हरिवंश किरात,सम्पादक प्रगती मुकारुङ,फाउन्डेसन संरक्षक रुङमाङ मुकारुङ,समाजसेवी मेजर चाम बहादुर राई,किरातराई बान्तवा सस्था अध्यक्ष पृथ्वी राज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ,वरिष्ठ लोक गायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद तिर्थराज मुकारुङ लगायतको बाक्लो उपस्थित रहेको थियो।

पुस्तकले स्व गोरखा मेजर मुकारुङको जीवन मात्र नभइ इतिहासदेखि वर्तमान नेपाल र नेपालीको अवस्थावारे यथार्थ चित्रण गरेको छ। पुस्तकबारे बोल्ने क्रममा माननीय जयन्ती राइले ‘यो पुस्तक एउटा हाम्रो लागि शिक्षा मिल्ने पुस्तक भएको उल्लेख गर्नु भयो । त्यसैगरी,पूर्वमन्त्री हेमराज राइले लेखकको प्रशन्सा प्रशंसा गर्दै ‘मेजर बाल कृष्ण दाइ सधैं जोसिलो,समाजसेवी हुनुहुन्थ्यो भन्दै उर्जा थप्नु भयो ।
यसैगरी,अर्का वक्ता नेपाली सेना उपरथी भट्टले ‘लेखक दाइसंगको छोटो भेटले नै उहाँ कति उर्जासिल ,प्रेरणादायी हुनुहुन्थ्यो ,आज यो पुस्तकले पनि प्रमाणित गरेको बताउनु भयो । साथै ,प्रमुख अतिथि राईले ‘इतिहास बोकेको खानदान हो मलाइ राम्ररी थाहा छ,हामीले जे कुरा गर्छौ,सहि गर्नुपर्छ भन्ने उदाहरण उहाँमा देखेको बताउनु भयो ।
कार्यक्रमको उद्घोषक फाउन्डेसन सस्था सचीव कर्णेल गङ्गराज मुकारुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य आत्मकथा लेखक राईको छोरा डा निरज मुकारुङले गर्नु भएको थियो ।
फाउन्डेसन अध्यक्ष रुद्र किराँतीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । लेखक मुकारुङको श्रीमती प्रेम कुमारी राई,छोराहरु शिशु कृष्ण मुकारुङ,डा निरज मुकारुङ,सिपो मुकारुङ हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend