सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगारीमा जापान जाने बाटो खुल्यो,तर यस्ता छन् प्राबधान ? (भिडियो सहित)

रोजगारीमा जापान जाने बाटो खुल्यो,तर यस्ता छन् प्राबधान ? (भिडियो सहित)

काठमाडौँ– केही महिना देखी जापानको रोजगारी कहिले खुल्छ भन्नेमा सवैको चासो थियो । सरकारले जापानमा नेपाली कामदार पठाउने गृहकार्य भईरहेकोे बताउँदै थियो । श्रम अनुसार राम्रो दाम पाईने भएकोले नेपाली यूवायूवतीको ध्यान जापानतिर गएको छ । जापानको रोजगारी कहिले खुल्ला भन्ने अन्यौल भईरहेको बेला नेपाल र जापानबीच नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

https://www.youtube.com/watch?v=3h1ifzNj8lE

आज सोमबार एक कार्यक्रमका बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदुत मासामिची साइगोले हस्ताक्षर गरे । यस संगै रोजगारीको लागी जापानमा जाने बाटो खुल्ला भएको छ । जापानले केही महिना पहिले नेपालसहित ९ वटा देशबाट ३ लाख ९६ हजार जना कामदार भित्र्याउने निर्णय गरेको थियो। निर्णयपछि जापानले दोश्रो मुलुकका रुपमा नेपालसँग समझदारी गरेको हो । विषेश दक्ष नेपाली कामदारको भर्ना, जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभाग अन्तरगत छुट्टै इकाई स्थापना गरिने जानकारी गराईयो । जापानले आगामी अप्रिलबाट १४ क्षेत्रमा विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको थियो ।

 

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उपादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ् सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिकहरु लिने बताएकोे छ । यो व्यवस्था अनुसार नेपालीलाई १४ वटै कार्यक्षत्रमा खुल्ला गरिएको भए पनि कुन–कुन क्षेत्रमा कति संख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने निश्चित भइसकेको छैन।

जापानले श्रमिकलाई दुई भागमा वर्गिकरण गरेको छ । विशेष दक्ष कामदार अन्तरगत पहिलो वर्गका कामदारको लागि सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र यस्ता श्रमिकहरु बढिमा ५ वर्षसम्म जापानमा रहने सक्नेछन्। दोश्रो वर्गका श्रमिकहरुका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरुको कार्यअवधि थप गर्न सकिने प्रावधान छ । उनीहरुले परिवारका सदस्यहरुलाई पनि जापान लैजान सक्ने छन् । तर जापानिज भाषा संगै कामको दक्षता पनि जरुरी हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend