सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’

आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’

९ फाल्गुन, काठमाडौं । नयाँ नेपाली फिल्म ‘ताण्डवम्’ आज देखि प्रदर्शनमा आएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले बिहीवार यो फिल्मलाई पिजी सर्टिफिकेट प्रदान गरेपछि आजदेखि यो फिल्म दर्शकमाझ प्रदर्शन भएको हो ।

यसअघि केही दिनअघि सेन्सर बोर्डले अत्यधिक हिंसात्मक दृष्य भएको भन्दै यसलाई प्रदर्शनको अनुमति दिएको थिएन । यद्यपि, बिहीवार फिल्मको निर्माण पक्षले सेन्सरले आपत्ति जनाएका करिव १० मिनेट लामो हिंसात्मक दृष्य सम्पादन गरेपछि फिल्मले प्रदर्शनको लागि अनुमित पाएको हो ।

अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । यो फिल्मका अभिनेता समेत रहेका निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरि फिल्मको हिंसात्मक दृश्य काटिएको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend