काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनएले पनि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो । नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउन आफूहरुको तर्फबाट प्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए ।
प्रतियोगितामा एनआरएनएका तर्फबाट कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि २४ जना खेलाडी सहभागी हुने जानकारी गराइएको छ । अध्यक्ष भट्टले प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने स्पष्ट पारे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend