सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रवेशमा कडाई

सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रवेशमा कडाई

काठमाडौ । प्रमुख प्रशानिक केन्द्र सिंहदरबार प्रवेशमा  कडाइ गरिएको छ । सरकारले सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रवेशमा कडाई गरेको हो । सिंहदरबार प्रबेशमा आम सर्वसाधारण जनतालाई सहज हुनु पर्ने आवाज उठीरहेको बेला सिहदरबार छिर्न ठुलै सकस भोग्नु परेको छ । आज आईतबार एकदमै कडा गरेको छ ।

अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो । आइतबार भने सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ । प्रहरी स्रोतका अनुसार नेत्र विक्रम चन्द नेतृवको नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको बताईएको छ । बदलिदो मौसम संगै सिंहदरबार छिर्ने व्यक्तिहरुको लाईन लामो छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend