सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतको गोप्य भेटप्रति सरकार झस्कियो

पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतको गोप्य भेटप्रति सरकार झस्कियो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राजदूत मन्जिव सिंह पुरीको भेटको बिषय अहिले चर्चामा छ । सरकारले भारतीय राजदूत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्रसँग जनकपुरको भेटलाई आपत्तिजनका रुपमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो भेट माथि असन्तुष्ट पोखेका छन् । नेपालमा नियन्त्रित अस्थिरताको विजारोपण गर्न खोजिएको त होईन भन्ने शंका सरकारलाई परेको छ ।

गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । उनीहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । मधेशमा हिन्दू धर्मको रक्षाका लागि राजा आवश्यक रहेको बहस समेत चलाइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend